बाढी–पहिरो पीडितलाई राहत वितरण
मकवानपुर । एकीकृत हटिया ग्रुपले मकवानपुरको बागमती र बकैया गाउँपालिकाका बाढी–पहिरो पीडितलाई राहत वितरण गरेको छ ।
असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट प्रभावित बनेका बागमती र बकैयाका पीडितलाई चामल, तेल, भाडकुाडा, लत्ताकपडालगायत सामग्री वितरण गरिएको हो ।
सोमबार हेटौंडा–१६ र १७ नम्बर वडाका युवाहरुको समूह खाद्यान्नसहित लत्ताकपडा लिएर बागमती र बकैया गाउँपालिका पुगेका थिए ।
हटिया ग्रुपका युवाहरुले स्थानीय व्यवसायी र आफूहरुबाट संकलन गरेको रकमबाट राहत सामग्री खरिद गरेका थिए । पछिल्लो समय हटिया ग्रुपले विभिन्न क्षेत्रमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।
गत हप्ताको अविरल वर्षात्बाट पीडित भएका बागमती र बकैया गाउँपालिकामा पुगेका थिए ।
