श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका जितबहादुर भन्ने काले तामाङ रहेको प्रहीले जनाएको छ ।
तामाङ भक्तपुर नगरपालिका–१० छालिङबाट पक्राउ परेका हुन् । गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका–६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पाको आफ्नै डेरा कोठामा मृत फेला परेकी थिइन् ।
सो घटनाबारे अनुसन्धान गर्दा शेर्पालाई उनकै पति जितबहादुरले कुटपिट गरी हत्या गरेको खुल्न आएको थियो । घटनापछि फरार रहेका तामाङलाई लुकीछिपी बस्दै आएकोमा आइतबार पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
