क्रेन दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन २१, सोमबार ०९:३७
सांकेतिक तस्वीर

गोरखा । गोरखामा क्रेन दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका –१९, का १९ वर्षीय प्रिन्स अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार साँझ गोरखा नगरपालिका–१० हुल्चेमा निर्माणाधीन अविनाश अर्बाएकर प्रालि ह्रयाचरीमा काम गरिरहेका बेला नम्बर नखुलेको क्रेन एक्कासि ब्रेक फेल भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

दुर्घटनाग्रस्त क्रेन काम गरिरहेको स्थानबाट २० मिटर तल खोला खसेको जनाइएको छ । मृतक अन्सारीको शव पोस्टमार्टम कार्यको लागि जिल्ला अस्पताल गोरखामा राखिएको छ ।

प्रहरीले सोही क्रेनका चालक पर्साको वीरगंज महानगरपालिका–३० स्थायी घर भएका २४ वर्षीय अजहर अन्सारीलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।