नारायणी सहकारीको वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडा–९ को २८ औं वार्षिक साधारणसभा हेटौंडामा सम्पन्न भएको छ ।
साधारणसभा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्य तथा राष्ट्रिय सहकारी महासंघका संचालक एवम् मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्सालको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष जंगबहादुर गुरुङले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८१–०८२ को भावी नीति तथा कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका व्यवस्थापक महेश्वर अधिकारीले आर्थिक वर्ष २०८०–०८१ को आय–व्यय विवरण र आर्थिक वर्ष २०८१–०८२ को प्रस्तावित अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसी, केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका लेखा संयोजक भोलाप्रसाद शर्मा, अडानका केन्द्रीय सदस्य प्रकाश ढकाल, उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष वासु खतिवडा, टोल विकास संस्था नगर समन्वय समिती हेटौंडाकी उपाध्यक्ष सती खड्का न्यौपाने, सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्ट लगायतको आतिथ्य रहेको थियो ।
