नक्कली नोटसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ आश्विन २०, आईतवार १५:४९
सांकेतिक तस्बिर

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित सडकबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपाली एक हजार दरका ४७ थान नक्कली नोटसहित २ जनालाई शनिबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गढीमाई नगरपालिका–५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

चपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।