भ्रमण सकेर स्वदेश फर्किए पूर्वराजा शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी चार दिने भुटान भ्रमण सकेर आज बिहानै स्वदेश फर्किएका हुन् ।
भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित उनी भुटान पुगेका थिए ।
उनीसँगै उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित निजी सचिवालयका सहयोगीहरू समेत भुटान गएका थिए ।
भ्रमण सकेर नेपाल फर्कने क्रममा शाहलाई भुटानका नरेश जिग्मे केशर वाङचुकले शाही अतिथि गृह थिम्पुमा बिदाइ गरेका थिए ।
