विपद्को घटनामा परी दुई सय ४४ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन २०, आईतवार ०९:३४
सांकेतिक तस्वीर

काठमाडौं । बाढीपहिरोलगायत विपद्को घटनामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ ।

एक साताअघि आएको अविरल वर्षाका कारण गएको बाढीपहिरो, डुवानमा परेर हालसम्म मृत्यु हुनेको संख्या दुई सय ४४ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यस्तै सो अवधिमा विपद्को घटनामा परी १९ जना बेपत्ता छन् भने अन्य एक सय ७९ जना घाइते भएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए ।