मन्त्रिपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०८१ आश्विन १८, शुक्रबार १५:४५
file-photo

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक अपराह्न ५ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा बाढी–पहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुने सम्भावना रहेको एक मन्त्रीले बताए ।

सरकारले बाढीबाट घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने बताएपनि त्यसबारेको प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय भई नसकेको जनाइएको छ ।