काभ्रेमा ढिस्कोले पुरिएर एक बालक घाइते
काठमाडौं । काभ्रेमा ढिस्कोले पुरिएर एक बालक घाइते भएका छन् । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर–१० स्थित वाल्टिङमा ढिस्को खस्दा बालक घाइते भएका हुन् ।
घाइते हुनेमा स्थानीय वर्ष १४ को विजय ठकुरी रहेका छन् । उनको दुवै हात भाँचिएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।
घाइते उनलाई हेलिकप्टरमार्फत् धुलिखेल पठाउन लागिएको जनाइएको छ ।
