चितवनमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
चितवन । चितवनमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंह रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट उनको मृत्यु भएको हो । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
मृतक सिंहको साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएको जनाइएको छ ।
