आज चलचित्र ग्याल्बो राजाको दोस्रो दिनः नेपाली भाषामा प्रस्तुत हुँदै
मकवानपुर । कालीदेवी मिडिया हाउस प्रा.लिद्वनरन निर्माण भएको चलचित्र ग्याल्बो राजाको दोस्रो दिन आज नेपाली भाषामा प्रस्तुत हुँदैछ ।
तामाङ भाषा र नेपाली भाषामा निर्माण गरिएको चलचित्र ग्याल्बो राजाको शो हिजो असोज १७ गते तामाङ भाषामा देखाइएको थियो ।
आज भने नेपाली भाषामा प्रस्तुत गरिने आयोजकले जनाएको हो । यस्तै, भोलि असोज १९ गते तामाङ भाषामा नै देखाइनेछ ।
आज हुने नेपाली भाषाको विशेष शो मध्यान्न १२ बजेदेखि सुरु हुनेछ । चलचित्र आगामी कार्तिक ९ गते देशभर प्रदर्शन हुने निर्देशक तथा नायक विनायक तामाङले बताए । मकवानपुर र काठमाडौंमा विभिन्न स्थानमा छाँयाकन गरिएको उनले बताए ।
चलचित्र उत्कृष्ट बनेकोले पार्ट २ पनि निर्माण गरिने निर्माता संगीता तितुङले बताइन् । चलचित्र निर्माणमा करिब २० लाख खर्च भएको उनले बताइन् ।
चलचित्रलाई विश्व दोङ र नीमा दोङले संयुक्त रुपमा संगीत भरेका छन् । चलचित्रमा राजु किरातको द्वन्द्व र राजु शिशिरको नृत्य निर्देशन रहेको छ ।
निर्देशक तामाङले यसअघि विभिन्न म्युजिक भिडियो खेलिसकेका छन् भने सेमला दुङ्गाल, ज्योज्यो आले, मैच्याङ, चु–माया, मनको साथी, डम्फुरे लगायत १० वटा चलचित्र निर्देशन गरिसकेका बताए ।
चलचित्र ग्याल्बो राजा ग्रामीण भेगमा दलित र तामाङ समुदायबीचको अन्तर प्रेम कथामा आधारित सामाजिक चलचित्रमा अर्जुन गुरुङ, विनायक तामाङ, सङ्गीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिङ्तान, सञ्जय रुम्बा लगायतको अभिनय रहेको छ ।
