विपद्को घटनामा परी मृत्यु हुनेको संख्या २३३ पुग्यो

तु खबर संवाददाता
२०८१ आश्विन १७, बिहीबार ०९:०७
सांकेतिक तस्वीर

काठमाडौं । केही दिन आएको अविरल वर्षापछि गएको बाढी–पहिरो लगायत विपद्को घटनामा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, उक्त तथ्याङ्क आज बिहानसम्मको हो ।

यस्तो, सो अवधिमा बाढीपहिरामा परी अझै २२ जना बेपत्ता छन् भने १६९ जना घाइते भएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।

यस्तै, सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको उनले बताए ।