आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ आश्विन १५, मंगलवार ०९:३३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाइएको छ ।