बागमती सरकारले चणिकलाललाई नगदसहित सम्मान गर्ने

तु खबर संवाददाता
२०८१ आश्विन १४, सोमबार १६:१७
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले काभ्रेका चणिकलाल तामाङलाई नगदसहित सम्मान गर्ने भएको छ ।

ललितपुर महानगरपालिका–२५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका चणिकलाललाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको हो ।

उनलाई नगद एक लाख ५० हजार रुपैयाँसहित सम्मान गर्न लागेको प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले जानकारी दिए ।

मुख्यमन्त्री लामाले चणिकलालको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको बताए ।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटार निवासी चणिकलालले असोज १२ गते शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेनघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्दार गरेका थिए ।