नौबिसे–नागढुंगा सडकको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्था भेटियो
काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा आज बिहान एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।
उक्त बस निकाल्न डोजरको प्रयोग गरेर पहिरो पन्छाई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बसको केही भाग मात्र देखिएको छ भने सो बसको नम्बर पनि खुलेको छैन ।
गोरखाबाट शुक्रबार काठमाडौंका लागि छुटेको एउटा बस हाल सम्पर्कविहीन छ । तर, सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने सबैको आशंका भएपनि पुष्टि भइसकेको छैन ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झ्याप्ले खोलामै शनिबार मात्रै दुई वटा बस पुरिएको अवस्थामा फेला परेको थियो । उक्त बसमा १४ जनाको शव भेटिएको थियो ।
