मकवानपुरमा पहिरोले घर भत्किएर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन १२, शनिबार १८:२५

मकवानपुर । मकवानपुरमा पहिरोले घर भत्किएर एक जनाको मृत्यु  भएको छ ।

अविरल बर्षको कारण पहिरोले घर  क्षति पुर्‍याउदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले  जनाएको छ

मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका-३, सुक्खा सल्यनी बस्ने अन्दाजी वर्ष २० कि फुलमाया थिङ रहेकी छन् ।

प्रहरीका अनुसार, गएराती पहिरोमा परेर बेपत्ता भएकी उनको शब आज भेटिएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।