काभ्रेमा ५ जनाको मृत्यु, १४ जना बेपत्ता
काठमाडौँ । काभ्रेमा विभिन्न स्थानमा गएको बाढी पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । गएरातिबाट आएको बाढी पहिरोमा परेर ५ जनाको मृत्यु र १४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार तिमालमा २ जना, बेथानचोक र पनौतीमा १÷१ जनाको मृत्यु भएको हो ।
त्यसैगरी बनेपा, पनौती, तेमालबाट १४ जना बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरिएको प्रहरीको भनाई छ । हाल अरनिको राजमार्ग र बिपी राजमार्गको सडक आवागमन बन्द भएको छ । बनेपा, धुलिखेल र पनौतिका बस्तीसमेत डुबानमा परेका छन् ।
