ललितपुरमा पहिरोले पुरिएर ४ जनाको मृत्यु
मकवानपुर । अविरल वर्षाका कारण गएको पहिरोमा परेर ललितपुरका ४ जनाले ज्यान गुमाएका छन् ।
ललितपुरको टाहाखेलमा २ जना र गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको हो ।
टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र ८ वर्षीया बालिकाको मृत्यु भएको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष शेखर न्यौपाने जानकारी दिए ।
गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए । थप विवरण आउन बाँकी रहेको छ।
यसैगरी महाङ्काल गाउँपालिका–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए । उनका अनुसार घरमा रहेका पाँच जना सम्पर्क बिहीन भएका छन् ।
