आज र भोलि रात्रि बस नचलाउन आग्रह

तु खबर संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १०:१४

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शुक्रबार) र भोलि (शनिबार) रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

प्राधिकरणले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा आज र भोलि अर्थात् असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन आग्रह गरेको हो ।

प्राधिकरणले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णय अनुसार रातिको समयमा यात्रा गर्दा पहिरो वा बाढीको आङ्कलन गर्न गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेको हिमाली तथा पहाडी जिल्लाहरूमा सो समयमा रात्रिकालीन बस नचलाउन भनिएको छ ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह समेत गरेको छ ।

यसैगरी पहिरोको जोखिम भएका स्थानमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन पनि भनिएको छ ।