दुर्घटनामा परेर ट्रक चालकको मृत्यु
काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–५, सैतिस किलो केराघारीस्थित अरनिको राजमार्गमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा ५ ख १२८१ नम्बरको ट्रक बिहीबार दिउँसो आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृत्यु हुनेमा ट्रक चालक सिन्धुलीको मरिण गाउँपालिका–१ का २८ वर्षका रमेश ठाडा रहेका छन् ।
प्रहरीका अनुसार, दुर्घटनामा गरेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
उक्त ट्रक सडकबाट अन्दाजी ७० मिटर तल खसेको जनाइएको छ ।
