कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ ।
चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार, चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् ।
रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएका हुन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ ।
