२५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै सीटीईभीटी
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदैछन् ।
परिषद्ले शुक्रबार एक सूचना सार्वजनिक गर्दै प्रि–डिप्लोमा तहको २४ महिना (२ वर्ष) अवधिको निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिन दिन लागेको जानकारी गराएको हो ।
प्रशिक्षणमा सहभागी हुन एसईई वा एसएलसी परीक्षामा सहभागी भएको, प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।
उक्त प्रशिक्षणमा सहभागी हुन असोज ४ गतेदेखि असोज १८ गतेसम्मका लागि समय तोकिएको छ ।
आवेदन फाराम सम्बन्धित शिक्षालयहरु वा परिसद्को वेबसाइट https://ctevtexam.org.np/ वा https://www.enssure.org.np/ बाट डाउनलोड गरी निःशुल्क भर्न सकिने जनाइएको छ ।


