आज देशभर विश्वकर्मा पूजा मनाइँदै

तु खबर संवाददाता
२०८१ आश्विन १, मंगलवार ०९:५२

मकवानपुर । आज विश्वकर्मा पूजा मनाइँदै छ । आजका दिन विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्दछ ।

प्रत्यक वर्ष कन्या संक्रान्तिको दिनमा विश्वकर्मा पूजा गरिने प्रचलन छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो । यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भन्ने गरिन्छ ।

नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ ।

यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।

यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि भनिन्छ ।