ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । गएराति ४ दशमलव ६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।
पछिल्लो समय देशको विभिन्न जिल्लामा केन्द्रविन्दु बनाएर सानो–सानो पराकम्प गइरहेको छ ।
यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर केन्द्रबिन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प भएको थियो ।
