१० जना वरिष्ठ महिला चिकित्सक सम्मानित

तु खबर संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १७:४७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका १० जना वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन् ।

नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलले ती वरिष्ठ महिला चिकित्सकलाई सम्मान गरेका हुन् ।

सम्मानित हुने चिकित्सकहरुमा क्रमशः वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्तर्गत डा.रीता गुरूङ, डा.शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय रहेका छन् ।

वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा. बिमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गरेका थिए ।

कार्यक्रम संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको सभाध्यक्षतामा भएको हो ।