बागमतीका प्रमुख सचिव कार्कीको सरुवा

तु खबर संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १५:५०

मकवानपुर । बागमती प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

केही दिन अगाडि मात्रै सचिवमा बढुवा भएका उनी वाणिज्य सचिवका रुपमा सरुवा भएका हुन् ।

कायममुकायम भएर बागमती प्रदेशका सचिवका रुपमा काम गरेका उनलाई सरुवा गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई भने बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको छ ।