खेतको आलिबाट लडेर मकवानपुरका रुम्बाको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र २६, बुधबार १७:३८
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा खेतको आलिबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, समरपुरमा बुधबार बिहान खेतको आलिबाट लडेर एक जनाको  मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय १७ वर्षीय किशोर सिरबहादुर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान साढे ८ बजेको समयमा बेसी घरबाट डाँडामा रहेको अर्को घरमा जाने क्रममा खेतको आलिबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक रुम्बाको शव हेटौंडा अस्पतालमा पोस्मार्टम पश्चात् आफन्तको जिम्मा लगाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।