स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई सहयोग

तु खबर संवाददाता
२०८१ भाद्र २५, मंगलवार ०९:२०

मकवानपुर । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा रहेको ॐ वृद्वाश्रममा रहेका वृद्वावृद्वाहरुलाई फलफूल तथा वृद्वाश्रमलाई आर्थिक रकम सहयोग गरेको छ ।

हेटौंडा–६ मा रहेको उक्त सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा वृद्वाश्रमकोले स्थापना गरेको अक्षयकोषको लागि १० हजार ५५५ रुपैया रकम र फलफूल वितरण गरेको हो ।

कार्यक्रम सहकारी संस्थाका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा वृद्वाश्रमका निवर्तमान अध्यक्ष बुद्वि प्रसाद पौडेल, सहकारी संस्थाका निवर्तमान अध्यक्ष रघु प्रसाद आचार्य, पूर्व उपाध्यक्ष खिल प्रसाद गौतम, नारायण प्रसाद अधिकारी, सचिव राम बहादुर न्यौपाने, सल्लाहकार बद्री बहादुर पाठक, गणेश कुमार श्रेष्ठ, सञ्चालक समिति, लेखा समिति, कर्मचारी, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो ।

२०५३ साल भदौ २४ गते स्थापना भएको सहकारी संस्थामा करिव ३ हजार शेयर सदस्य रहेका छन् ।