मकवानपुरे हास्यव्यङ्यकार आरसी रिजाल नगदसहित सम्मानित
मकवानपुर । मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाल सम्मानित भएका छन् । रिजाल फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मानबाट सम्मानित भएका हुन् ।
फित्कौली डटकम संचालनको एघारौं वर्ष र अनलाइन पत्रिकाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आयोजित एक कायक्रममा रिजाललाई २० हजार १ सय ५ रुपैयाँ नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
रिमाललाई प्रा.डा गोविन्दराज भट्टराईले सम्मान गरेका थिए ।
काठमाडौंका चट्याङ मास्टरलाई ’बुढ्यौली विषयका भीष्मपितामह का रूपमा उनलाई सम्मानित गरिएको थियो ।
यस्तै, सर्लाही निवासी महेश थापालाई गोविन्द – विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार, सर्लाहीका महेश थापालाई गोविन्द–विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार, सुभाषचन्द्र देवकोटा (गोरखा) लाई फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य कविता पुरस्कार, सिन्धुपाल्चोकका देवीप्रसाद चापागाईंलाई फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार र इलामका दीनानाथ पोख्रेललाई मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली कविता पुरस्कार’ प्रदान गएिको हो ।
