काठमाडौँमा दुई जना मृत अवस्थामा भेटिए

तु खबर संवाददाता
२०८१ भाद्र २३, आईतवार १७:०४
सांकेतिक तस्वीर

काठमाडौँ । काठमाडौं–३१ स्थित सुकुम्बासी बस्ती र काठमाडौं–२६, रानीबारीमा दुई जना मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, सुम्बासी बस्तीमा १ नम्बर पानी ट्यांकी नजिकै खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भएका ४९ वर्षीय केदार खड्का मृत अवस्थामा भेटिएका हुन् ।

त्यस्तै रानीबारीमा कुमारी टोलमा डेरा गरी तनहुँका ५० वर्षीय लोकेन्द्र महत आफ्नै कोठामा भृत अवस्थामा फेला परेका हुन् ।

दुवै जनाको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।