नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र २२, शनिबार ०९:४१
सांकेतिक तस्वीर

नवलपरासी । मोटरसाइकल र साइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति नवलपरासीको बर्दघाट नगरपालिका–१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४ प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल आपसमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक र साइकल चालक दुवै घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाइएको थियो । उपचारको क्रममा साइकल यात्रीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१ नारायणचोकका ४७ वर्षीय सुरेश चौधरी रहेका छन् ।

मोटरसाइकल चालक नवलपरासीको प्रतापपुर गाउँपालिका –२ गोपीगंजका १७ वर्षीय किशोर घाइते भएका छन् ।