रास्वपाको प्रदेश भेला जारी

तु खबर संवाददाता
२०८१ भाद्र १९, बुधबार १७:५२

काठमाडौं । राष्ट्रिय भेलाको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सातै प्रदेशमा प्रदेशस्तरीय भेला जारी रहेको छ ।

पार्टीले हालसम्म कर्णाली‚कोशी र बागमती प्रदेशको भेला सम्पन्न गरेको छ । भोलि मधेस प्रदेशमा भेलाको आयोजना गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, भेलाले प्रदेशमा भएका समस्याहरू समाधान गर्ने‚ राष्ट्रिय भेलामा प्रदेशबाट आउनेहरूलाई भेलाको बारेमा जानकारी गराउने तथा प्रक्रिया बुझाउने लगायत उद्देश्य रहेको छ ।

उनले भेलाकै दौरान कर्णाली प्रदेश कमिटी गठन गरिएको बताए ।

प्रदेशगत भेलाहरूमा पार्टी सभापति रवि लामिछानेसहित‚ उपसभापति तथा सम्भव भएका पदाधिकारी र सम्बन्धित प्रदेशका सांसदहरू उपस्थित हुने झाले बताए ।

रास्वपाले २०८१ असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।