दाङमा बँदेलको आक्रमणबाट एक जना घाइते

तु खबर संवाददाता
२०८१ भाद्र १९, बुधबार १७:२४

दाङ । दाङमा बँदेलको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका– ७ मलईका ३५ वर्षीय रेशम बाँठा मगर रहेका छन् ।

बारीमा मकै खान आएका बँदेल धपाउने क्रममा उनीलाई बँदेलले आक्रमण गरेको जनाइएको छ ।

बँदेलको आक्रमणबाट उनको खुट्टा, हात, मुखमा चोट लागेको छ । घाइते मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

बँदेलको आतङकबाट मलईबासीले सास्ती बेहार्नु परेको स्थानीयहरूको भनाइ छ ।