बुधबार नेप्सेमा भारी अंकको गिरावट

तु खबर संवाददाता
२०८१ भाद्र १९, बुधबार १५:५६

काठमाडौं । आज शेयर कारोबारको चौथो दिन अर्थात बुधबार । यस दिन नेप्सेमा भारी अंकको गिरावट आएको छ ।

पछिल्लो दुई दिन हरियाली छाएको पुँजी बजार आज राताम्य भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९० दशमलव ७३ अकंले घटेर २ हजार ७३९ दशमलव ४६ बिन्दुमा कायम भएको छ ।

आज ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर किनबेच भएको छ भने १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन २१३ कम्पनीको शेयर मूल्य घट्दा ३१ कम्पनीको शेयर मात्र बढ्न पुगेको छ ।