मकवानपुरमा दुई जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८१ भाद्र १८, मंगलवार ०९:२७
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको छुट्टाछुट्टै स्थानमा सोमबार दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिका गरी दुई जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

जिल्लाको बागमती गाउँपालिका वडा नंं.४ स्थित चौरादोभानको बागमती खोलाको बिच बगरमा एक युवती मृत भेटिएकी छन् । अन्दाजी २५ वर्षीया ती युवती घोप्टो परेको अवस्थामा मृत भेटिएकी प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

ती युवतीको हाल सनाखत नभएको र थप अनुसन्धान तथा पोस्टमार्टमको उनको शव हेटौंडा अस्पतालमा ल्याइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यस्तै, सोमबार नै हेटौंडा उपमहानगरपालिका वडा नं.२ ओमभवनस्थित एक घर एक युवक मृत अवस्थामा भेटिएका छन् । भीमफेदी गाउँपालिका वडा नं.५ धुसेनी घर भई हाल हेटौंडा–२ स्थित एक घरमा कोठा भाडामा बस्दै आएका वर्ष २४ का कृष्ण रुचाल मगर मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सोमबार साँझ कृष्ण सुत्ने कोठाको भुईमा बेहोस अवस्थामा भेटिएपछि उनको काकाको छोरी रबिना रुचाल मगरले प्रहरीलाई खबर गरेका थिए ।

उनकोशव पोटमाटमका लागि हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।