सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस
काठमाडौं । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ६ः११ बजेको समयमा शिखरपुर केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो ।
पछिल्लो समयमा देशको विभिन्न जिल्लामा केन्द्रविन्दु बनाएकार पराकम्प गइरहेको छ । यसअघि भदौ १५ गते शनिबार मनाङको थोचे आसपास भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको थियो ।
