नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर–२८, हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुनमाया तामाङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार, ६४ वर्षीया तामाङले शनिबार अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाबाट हाम फालेकी थिइन् ।
त्यसपश्चामत गम्भीर बिरामी भएकी उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक तामाङ काठमाडौं महानगरपालिका–८ निवासी हुन् ।
उनी गत साउन २४ गतेबाट अस्पताल भर्ना भई थाइराइडको क्यान्सरको उपचार गराइरहेकी बुझिइएको छ ।
