सिरहामा सर्पको टोकाइबाट युवतीको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र १६, आईतवार ०९:२७
सांकेतिक तस्वीर

जनकपुरधाम । सिरहामा सर्पको टोकाइबाट गएराति एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा रहेकी छन् ।

गएराति सुतेको बेला १२ बजे गोमन सर्पले टोक्दा गम्भीर बिरामी भएका उनलाई उपचारामा नलगी झाँक्रीमा लगिएको बुझिइएको छ ।

झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।