सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र १४, शुक्रबार १८:४६
सांकेतिक तस्वीर

काठमाडौं । पूर्वी नवलपरासी (नवलपुर) मासेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा मासेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट घर भएका २८ वर्षीय मोहम्मद राजा रहेका छन् ।

घटनास्थलमा उद्धार गरेर अस्पताल लगेपछि उपचारको क्रममा उनीहरूको मृत्यु भएको जनाइएको छ ।

विनयी त्रिवेणी गाउँपालिका घर भएका प्रकाशसिंह क्षेत्रीको शव जिल्ला अस्पताल नवलपरासी पश्चिममा राखिएको छ भने अन्य दुई जनाको शव भैरहवास्थित भीम अस्पतालमा रहेको जनाइएको छ ।

स्थानीय भोलासिंह क्षेत्रीको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा उनीहरू अचानक बेहोस् भएका थिए ।