काभ्रेमा बसको ठक्करबाट महिलाको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र १४, शुक्रबार १०:२२
सांकेतिक तस्वीर

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

बिहीबार काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले ठक्कर दिँदा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।

उनलाई ठक्कर दिने बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।