राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ ।
बैठक धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान साढे ९ बजे बस्ने गरी आह्वान गरिएको हो ।
उक्त बैठकको राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, सो बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आ–आफ्नो धारण दिनेछन ।
पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको उनको भनाई छ ।
सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवम् पूर्वमन्त्री निरञ्जन थापा रहेका छन् । उक्त बैठकमा पार्टीका पूर्वध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वध्यक्ष एवम् निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने जनाइएको छ ।