३६.८३ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८१ भाद्र १३, बिहीबार १६:०९

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार (नेप्से) मा गिरावट आएको छ ।

आज नेप्से ३६ दशमलव ८३ अंकले घटेर २ हजार ७४९ बिन्दुमा पुगेर रोकिएको हो ।

बुधबार ३ दशमलव ८० अंकको वृद्धि देखियो नेप्से आज फेरि घटेको हो ।

यस्तै, आज ५३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १८८ कम्पनी घाटामा जाँदा २ कम्पनीको मूल्य स्थिर रह्यो ।

यस दिन कुल ३२२ कम्पनीको २८ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।