एमालेको भोलि बस्ने सचिवालय बैठकको कार्यसूची तय

तु खबर संवाददाता
२०८१ भाद्र १२, बुधबार १८:४८
file-photo

काठमाडौं । नकेपा एमालेले भोलि बिहीबार बस्ने सचिवालय बैठकको कार्यसूची तय गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो । केन्द्रीय कार्यालयको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको हो ।

सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए ।

बिहीबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी नेकपा सचिवालय बैठक आह्वान गरिएको छ ।