हेटौंडामा सवारी कर नविकरण र दस्तुर संकलन सम्बन्धि अन्तरक्रिया

तु खबर संवाददाता
२०८१ भाद्र १२, बुधबार ०९:०३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार सवारी कर नविकरण, दस्तुर संकलन तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रम श्रम रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा भएको हो । प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेशमा चालु आर्थिक वर्षको लागि जारी आर्थिक ऐनमा यातायात क्षेत्रसँग सम्बन्धित कर संकलनको व्यवस्थाको कार्यान्वयनमा प्रशासनिक सुधार, प्रभावकारीता तथा सेवा प्रवाहका सम्बन्धमा गर्न सकिने सुधारका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण प्रसाद मैनाली, श्रम मन्त्रालयका सचिव बलराम निरौला, मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेल, श्रम रोजगार मन्त्रीका राजनीतिक विज्ञ सल्लाहकार तुलसी प्रसाद रिजाल, मन्त्रीको सचिवालयका नीजि सचिव केशव हुमागाईंँ लगायतको सहभागिता रहेको थियो ।