हेटौंडामा पहिलो पटक लाइभ सेलो साँझ हुने

तु खबर संवाददाता
२०८१ भाद्र ९, आईतवार १५:३९

मकवानपुर । मकवानपुरको हेटौंडामा पहिलो पटक लाइभ सेलो साँझ हुने भएको छ । ओपेराईन्फोटेन्ट सिने प्रा.लिको आयोजनामा हुने उक्त लाइभ सेलोबारे आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा प्रालिका संचालक बिक्रम लुङ्बाले अगामी असोजको १९ गते लाइभ सेलो साँझको आयोजना गर्न लागेको बताए ।

‘एक तामाङ घर, एक डम्फु’ भन्ने मूल नारासहित मौलिक कला संस्कृति, गीत–संगीत र बाजाको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले उक्त सेलोको आयोजना गर्न लागेको उनले बताए ।

उनका अनुसार, लाइभ सेलो साँझमा तामाङ सेलो जगतको प्रख्यात गायक मकवानपुरका प्रकाश तामाङ तितुङ र प्रख्यात गायिका सुमिना लोको गायन प्रस्तती रहनेछन् ।

साथै स्थानीय कलाकारहरुको समे प्रस्तुती रहनेछ । हेटौंडा–२ स्थित पल्पसा हलमा दिनको २ बजेदेखि सुरु हुने लाइभ सेलोको प्रवेश शुल्क भने पछि तोकिने आयोजकले जनाएको छ ।