मकवानपुरमा भिरबाट खसेको ढुङ्गाले लागेर बालिकाको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र ८, शनिबार ०९:२४

मकवानपुर । मकवानपुरमा भिरबाट खसेको ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बकैया गाउँपालिका वडा नं. ६ ज्यामिरेमा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, ढुङ्गाले लागेर स्थानीय हिरालाल थिङको ८ वर्षीया छोरी सुष्मा थिङको मृत्यु भएको हो ।

बिहीबार स्कुलबाट घर फर्किने क्रममा ती बालिकालाई भिरबाट खसेको ढुङ्गाले लागेको थियो । ढुङ्गाले लागेर उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।