धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो

तु खबर संवाददाता
२०८१ भाद्र ७, शुक्रबार १७:१०

काठमाडौं । धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा शुक्रबार दिउँसो हिमपहिरो गएको छ ।

उक्त हिमपहिरोले थासाङ गाउँपालिका–२ मा बोक्सीखोला थुनिएको छ । तल गएर कालीगण्डकी नदीमा मिसिने उक्त खोला हिमपहिरोले थुनिएको हो ।

हाल घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

उक्त हिमपहिरोमा परेर मानवीय क्षति नभएको उनको भनाई छ ।

उक्त पहिरोले तल बेली ब्रिजनिर रहेको १०–१२ घरमा क्षति पुग्नसक्ने भन्दै त्यहाँको स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको र सतर्क गराएको जनाइएको छ ।