घरको बरण्डाबाट लडेर हेटौंडाकी एक वृद्धाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान घरको बरण्डाबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।
बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्राचौरस्थित ओम्याक्स हल अगाडि घरको बरण्डाबाट लडेर एक वृद्धाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय वर्ष ७६ की शंखमाया लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, बिहान ४ बजेको समयमा घरको दोस्रो तल्लाको बरण्डाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
