नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा भण्डारी
मकवानपुर । नेकपा एमाले निकट व्यवसायी संगठन नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा नरेन्द्र भण्डारी चयन भएका छन् ।
मंगलबार भएको पहिलो अधिवेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।
यस्तै, समितिको उपाध्यक्षमा सजित कार्की, सचिवमा चेतबहादुर थापा र कोषाध्यक्षमा देवकृष्ण विक चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः धु्रर्व सिं पाख्रिन, सुरज कार्की, सुनित आचार्य, रमेश आचार्य र विष्णु सिलवाल रहेका छन् ।
