कक्षा १२ का करिब ४० हजार विद्यार्थीद्वारा पुनर्योगको माग

तु खबर संवाददाता
२०८१ भाद्र ४, मंगलवार १७:४०
file-photo

काठमाडौं । कक्षा १२ को नतिजामा चित्त नबुझेपछि करिब ४० हजार परीक्षार्थीले पुनर्योगको माग गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले गत साउन १८ सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएका करिब ४० हजार जनाले पुनर्योगको माग गरेका हुन् ।

उनीहरुले पुनर्योगका लागि निवेदन दिएका छन् । निवेदन दिने विद्यार्थी संख्या अहिलेसम्मकै धेरै रहेको परीक्षा नियन्त्रक (कक्षा १२) कृष्णप्रसाद शर्माले जानकारी दिए ।

उनले अनलाइनमा आवेदन दिन पाउने सुविधाका कारण पनि पुनर्योग गर्नेको संख्या धेरै भएको बताए ।

कार्यालयले साउन २२ गतेसम्म आवेदन दिएका ७ हजार विद्यार्थीको पुनर्योगको नतिजा प्रकाशित गरिसकेको छ । नतिजा अनुसार, अहिलेसम्म ५५ जना को नतिजा परिवर्तन भएको जनाइएको छ ।